मधेसमा एमाले संसदीय दलकाे नेतामा सराेज यादव चयन

 पुस २०, २०७९ बुधबार १३:२८:४८ | सुजीत झा
unn.prixa.net

फाइल फाेटाे

धनुषा – मधेस प्रदेशमा नेकपा एमालेको संसदीय दलको नेतामा सरोज यादव चयन हुनुभएकाे छ । यादव महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभामा निर्वाचित हुनुभएकाे थियाे । 

जनकपुरधाममा हिजाे मङ्गलवार राति बसेको एमाले प्रदेश सभा सदस्यको बैठकले दलको नेतामा यादवलाई चयन गरेको हो । अबेर रातिसम्म आकाङ्क्षीहरूबीच सहमति गराइ यादवलाई दलको नेतामा चयन गरिएको प्रदेश सांसद दीपेन्द्र ठाकुरले जानकारी दिनुभयाे । 

दलका नेतामा अन्य आकाङ्क्षीहरू रामचन्द्र मण्डल, रामकुमार लेखी र हरिनारायण महतोलाई पार्टी सरकारमा गएसँगै मन्त्रीको जिम्मेवारी दिने पक्का गरेपछि दलको नेतामा सहमति जुटेको हाे । मधेस प्रदेशमा २३ सिटसहित एमाले पहिलो पार्टी रहेको छ ।

यसअघि नेपाली कांग्रेसको संसदीय दलको नेतामा कृष्णप्रसाद यादव र डा. सीके राउत नेतृत्वको जनमत पार्टीको संसदीय दलको नेतामा महेशप्रसाद यादव चयन हुनुभएकाे थियाे । लोसपा र जसपाको संसदीय दलको नेता अब एक/दुई दिनमै चयन हुने पार्टीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया