सप्तरीकाे झुटकीमा आगलागी हुँदा सात लाख रुपैयाँभन्दा बढीकाे क्षति

 पुस २१, २०७९ बिहिबार १०:४३:२९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीकाे राजगढ गाउँपालिका-१ झुटकी गोठटोलमा हिजाे बिहान लागेकाे आगलागीबाट लाखाैँकाे क्षति भएकाे छ । 

धर्मनारायण यादवको गोठमा बालिएको घुरबाट सल्किएकाे आगाेले उहाँकाे दुईवटा घर र सम्पूर्ण समान जलेर नष्ट हुँदा ७ लाख रुपैयाँभन्दा बढीकाे क्षति भएकाे हाे । 

आगलागीबाट धान, चामल, गहुँ, लताकपडा, नगद लगायतका समान जलेर नष्ट भएकाे प्रहरी चाैकी झुटकीले जनाएको छ । 

यस्तै, राजगढ गाउँपालिका-२ कमलपुरमा आगलागी हुँदा झन्डै एक लाख रुपैयाँभन्दा बढीकाे क्षति भएको छ । स्थानीय देवेन्द्र यादवको घरमा आगलागी हुँदा १ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएकाे छ। दुवै ठाउँमा लागेकाे आगाे स्थानीयवासी र प्रहरी, दमकलकाे सहयाेगमा हिजै आगाे निभाइएकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया