प्रधानमन्त्री प्रचण्डद्वारा कम्बोडियामा ज्यान गुमाएका निराकार पाण्डेका बुबासँग भेट

 पुष २१, २०७९ बिहीबार १२:५७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परि ज्यान गुमाएका निराकार पाण्डेका बुबा अग्नि पाण्डेसँग भेट गर्नुभएको छ ।

प्रधानमन्त्रीले बिहीवार आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइ पाण्डेसँग भेट गर्नुभएको हो ।  

भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवम् जिम्मेवारीबाेधप्रति धन्यवाद व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दु:ख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका उहाँको निजी सचिवालयले जनाएको छ । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया