प्रधानमन्त्रीद्वारा पाल्पा बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली : सार्वजनिक यातायात सुरक्षित बनाउन अपिल

 पुस २२, २०७९ शुक्रबार ९:२८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पामा बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

बिहान सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली दिँदै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । यस्तै, उहाँले सार्वजनिक यातायात सुरक्षित र मर्यादित बनाउन सबैमा अपिल पनि गर्नुभएको छ ।

गएराति रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा एकै गाउँ (खुसार्ने) का ६ जनाको ज्यान गएको थियो । १८ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया