कान्ति बाल अस्पतालले मनायो ६१ औँ वार्षिकोत्सव

 पुष २२, २०७९ शुक्रबार १४:२१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे महाराजगञ्जमा रहेकाे कान्ति बाल अस्पतालले आफ्नो ६१ औँ वार्षिकोत्सव मनाएको छ । अस्पतालले आज शुक्रवार एक कार्यक्रमबीच ६१ औँ वार्षिकोत्सव मनाएको हो ।

कान्ति बाल अस्पतालको ६१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी नपुगेको भन्ने गुनासो आएको भन्दै त्यसलाई सरकारले समाधान गर्ने बताउनुभयो । उहाँले अस्पतालका लागि स्वास्थ्य मन्त्रालयबाट पाँच सय शय्याकाे स्वीकृतिका लागि अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसकेको भन्दै स्वास्थ्यकर्मीको दरबन्दी र पाँच सय शय्याकाे स्वीकृतिका लागि मन्त्रालयले तदारुकताका साथ काम अघि बढाउने बताउनुभयो ।

सचिव पोखरेलले अस्पतालले सरकारले दिएको पैसाको सही सदुपयोग गरेको भन्दै खुसी व्यक्त गर्दै आउँदा दिनमा पनि अस्पतालले राम्रा काम गरेर देखाउने विश्वास राखेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया