साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्दिन, ट्राफिक बत्तीमा लाइन बसेरै यात्रा गर्छु : गृहमन्त्री लामिछाने

 पुष २२, २०७९ शुक्रबार २०:३९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गृहमन्त्री रवि लामिछानेले आकस्मिक अवस्थामा बाहेक साइरन बजाएर नागरिकलाई उछिन्दै नहिँड्ने बताउनुभएकाे छ । 

आज शुक्रवार सामाजिक सञ्जमालमार्फत उहाँले यस्ताे प्रतिबद्धता गर्नुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ, साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृत्तिकाे म सधैँ आलोचक हुँ, आकस्मिक अवस्थामा बाहेक मबाट यस्तो गतिविधि हुँदैन । 

गृहमन्त्री लामिछानेले गृह प्रशासन नागरिकलाई सुरक्षित महसुस हुने वातावरण निर्माण गर्ने निकाय भएकाे बताउँदै आफू यसको नेतृत्वमा रहँदा आफूमात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकको अपेक्षा पूरा नहुने बताउनुभएकाे छ । आफ्नाेभन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न आफू यो जिम्मेवारीमा आएको र आफूले बोलेका कुरा इमानदारिताका साथ पूरा गर्ने उहाँले प्रतिबद्धता पनि गर्नुभएकाे छ ।

आफू उपप्रधान एवम् गृहमन्त्रीमा नियुक्ति भएलगत्तै आफ्नाे सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरीक्षक (सई) को नेतृत्व सुरक्षाकर्मी राखेको लामिछानेले बताउनुभएकाे छ । उहाँले आफ्नाे सवारीका क्रममा रहने अगुवा-पछुवा सुरक्षाकर्मीसहितको गाडी हटाएर आजैदेखि अगाडि एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको उहाँले भन्नुभएकाे छ ।  

गृहमन्त्री लामिछानेले आफू सडक नियमको पूर्ण पालना सबैले गर्नुपर्छ भनेर नियम लागू गराउने निकायको नेतृत्व गर्ने भन्दै सधैँ ट्राफिक बत्तीमा लाइन बसेर नै यात्रा गर्ने सडक लेन अनुशासन पूर्ण पालना गर्ने प्रतिबद्धा पनि जनाउनुभएकाे छ । 

व्यक्तिगत कामका लागि कतै जानुपरेमा वा बिदाका दिनमा आफ्नै गाडी प्रयोग गर्ने र यदि कुनै अवस्थामा सरकारी गाडी प्रयोग गर्नुपरेमा त्यसको हिसाब राज्यलाई बुझाउने उहाँले बताउनुभएकाे छ । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया