एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
दार्चुला – दार्चुलामा तुइनबाट खसेर एक जना बालक बेपत्ता भएका छन् । व्यास गाउँपालिका वडा नम्बर ४ डोकटमा रहेको कौनेणी तुइनबाट खसेर स्थानीय १० वर्षका बालक दीपेन्द्र बिष्ट बेपत्ता भएका हुन् ।
घाँस काट्न भारतीय भूमीतर्फ गएकी आमासँगै गएका बालक तुइनबाट खसेका व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले उज्यालोलाई जानकारी दिनुभयो । घटना गएको बिहिबार नै भएको भए पनि सञ्चार सुविधा नभएकोले आज मात्रै थाहा भएको उहाँले बताउनुभयो ।
उपाध्यक्ष कुँवरले भन्नुभयो ‘त्यहाँ स्थायी तुइन छैन, स्थानीयले भारत तर्फबाट घाँस ल्याउन सिजनमा तुइन राख्ने गरेका छन् ।, घाँस काट्न गएकी आमासँग पछ्याउँदै गएका बालक नदीमा खसेका परिवारले बताएका छन् ।’
जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनाबारे औपचारिक जानकारी नआएको बताएको छ । बिहिबार भएको घटनाबारे आज मात्रै थाहा पाएपछि बुझ्नको लागि घटनास्थलमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो । हराइरहेका बालक ब्रहमस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत रहेका उपाध्यक्ष कुँवरले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।