धनुषामा नियम विपरीत सञ्चालनमा रहेका ५ वटा उद्योगमा सिल

 पुस २५, २०७९ सोमबार १३:५६:३३ | सुजीत झा
unn.prixa.net

धनुषा - धनुषामा नियम विपरीत सञ्चालनमा रहेका पाँच वटा उद्याेगमा सिल लगाइएकाे छ । मापदण्ड विपरीत सञ्चालित २ वटा क्रसर उद्याेग र ३ वटा बालुवा वासिङ्ग गरी पाँच वटा उद्याेगमा सिल लगाइएकाे हाे । 

संयुक्त अनुगमन समिति, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले नवीकरण नभएकाे, नदी नालाको छेउमा रहेकाे, मानव बस्तीमा असर पारेको एवम् बालुवा वासिङ्ग उद्योगहरुले क्रसर उद्योग सरह बालुवा उत्खन्न लगायतका कार्य गर्ने गरेको, नयाँ मापदण्ड अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित नगराएको लगायतका न्यूनतम मापदण्ड समेत पालना नगरेका उद्याेगमा सिल लगाइएकाे बताउनु भयाे । 

बर्दिवास नगरपालिका–१, महोत्तरी बस्ने मन्जु क्षेत्रीले धनुषाको मिथिला नगरपालिका–१० मा सञ्चालन गरेको धनेश्वर क्रसर उद्योग र श्रीपुर गाविस–३, महोत्तरी बस्ने विनोद साहले धनुषाको मिथिला नगरपालिका–९ मा सञ्चालन गरेको सुमित क्रसर उद्योगमा सिल गरिएको छ । 

महोत्तरीको सरपल्लो गाविस–४ बस्ने रामबाबु ठाकुर र धनुषाको बेंगाडावर बस्ने बेचन ठाकुर वरहीले संयुक्त रुपमा धनुषाको मिथिला नगरपालिका–१० मा सञ्चालन गरेको जय बजरङ्ग बालुवा प्रशोधन उद्योग, धनुषाको बेंगाडावर–६ बस्ने विजय शर्माले मिथिला नगरपालिका–३, हरिहरपुरमा सञ्चालन गरेको औरही बाबा बालुवा प्रशोधन उद्योग र धनुषाको जनकपुर–१३ बस्ने शिवजी साह र जनकपुरधाम–२१ बस्ने महादेव साहले संयुक्त रुपमा धनुषाको मिथिला नगरपालिका–३ मा सञ्चालन गरेको जय शिव भोले बालुवा गिट्टी वासिङ्ग उद्योगमा सिल गरिएको छ ।

धनुषामा ११ वटा क्रसर उद्योग र २१ वटा बालुवा वासिङ्ग उद्योग दर्ता भए पनि प्रायजसाे उद्योगले नवीकरण नगराएको तथा कुनै पनि क्रसर उद्योगले नवीकरण नगराएको घरेलु तथा साना उद्योग कार्यालय, धनुषाको तथ्याङ्कले देखाएको छ ।

गृह मन्त्रालयले केही दिन पूर्व ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई मापदण्ड विपरीत सञ्चालित क्रसर तथा बालुवा वासिङ्ग उद्योगलाई कारबाही गर्न गरेको पत्राचार अनुसार अनुगमन समितिले धनुषाले सक्रिय भएको छ ।

टोलीमा  धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, प्रहरी नायब उपरीक्षक प्रदीप कुमार क्षेत्री, घरेलुका अधिकारीहरु सहभागी छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया