जसपा मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव

 पुस २५, २०७९ सोमबार १५:३४:४२ | सुजीत झा
unn.prixa.net

धनुषा - जनता समाजवादी पार्टी (जसपा) को मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन हुनु भएको छ ।

चुनावी प्रकृयामा जाँदा मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी फिर्ता लिएपछि यादव सर्वसम्मत चयन हुनु भएकाे हाे । नेता उपेन्द्र यादव पनि सराेज यादवको पक्षमा पनि रहनु भएकाे थियाे ।

मधेस प्रदेशको मुख्यमन्त्री जसपाको कोटामा परेकाले अगामी मुख्यमन्त्री सरोज यादव नै हुने सम्भावना रहेको छ ।

मधेस प्रदेश संसदीय दलको नेताका लागि नेपाली कांग्रेसमा मात्र चुनाव भएको छ ।

कांग्रेसको संसदीय दलमा  कृष्णप्रसाद यादव निर्वाचित हुनु भएकाे छ भने जनमत पार्टीले महेश यादव र नेकपा एमालेले सरोज यादवलाई सर्वसम्मतरुपमा दलको नेता चयन गरेकोछ ।

लोसपाको संसदीय दलको चुनाव भने हुन बाँकी रहेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया