एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - आज देशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसविद्ले बताएका छन् । मौसमविद् विनु महर्जनका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसम आंशिकदेखि समान्य बदली हुने सम्भावना छ । अन्य क्षेत्रको मौसम सामान्यतया सफा नै रहने अनुमान छ ।
तराईका जिल्लामा अहिले हुस्सु कुहिरो लागे पनि दिउँसो हट्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा घाम लागेको छ । दिउँसाे पारिलो घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
तत्काललाई वर्षा हुने सम्भावना नरहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । यसपालि हिउँद सुरु भएदेखि अहिलेसम्म वर्षा हुन सकेको छैन । पानी पार्ने प्रणाली नआउँदा हिउँदे वर्षा हुन नसकेको र यसले गर्दा हिमपात समेत नभएको मौसमविद्ले बताएका छन् ।
हिउँदयामको डेढ महिना पानी नपरि बितेको छ । डिसेम्बर, जनवरी र फेब्रुअरी महिनालाई हिउँदयाम भनिन्छ । डिसेम्बर महिनाभरि नै पानी परेन भने आज जनवरी १० तारिखसम्ममा आइपुग्दासम्म पनि वर्षा हुन सकेको छैन । अबको एक हप्ता पनि पानी पर्ने कुनै सम्भावना नरहेको मौसमविद् विनु महर्जनको भनाइ छ । पानी नपर्दा हिउँदे बालीमा असर पर्न थालेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।