मधेस सरकारद्वारा प्रदेशका सुरक्षा निकायलाई २४ थान माेटरसाइकल हस्तान्तरण

 पुस २६, २०७९ मंगलबार १८:४०:५७ | सुजीत झा
unn.prixa.net

धनुषा – मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले प्रदेशका आठ जिल्लामा रहेका सुरक्षा निकायहरूलाई २४ थान मोटरसाइकल आज मङ्गलवार हस्तान्तरण गरेको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षको ६४ लाख रुपैयाँ बजेटमा खरिद गरेका मोटरसाइकल नेपाल प्रहरीका विभिन्न जिल्लाका प्रहरी चौकी, सशस्त्र प्रहरीका विभिन्न पोस्ट तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई माेटरसाइकल हस्तान्तरण गरेकाे हाे । प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले माेटरसाइकल हस्तान्तरण गर्नुभयो ।

मोटरसाइकल हस्तान्तरण गर्दै मन्त्री साहले शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा शहीद परिवार एवम् घाइतेहरूलाई राहतसहितको काम मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । प्रदेशका गृह तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्णले माेटरसाइकलकाे सहायतामा प्रहरीले शान्ति सुरक्षा तथा नागरिककाे रक्षा गर्न सहयाेग पुग्ने बताउनुभयो ।

यस्तै प्रदेशका गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो, मटिहानी नगरपालिकाका मेयर हरि मण्डल, प्रहरी नायब महानिरीक्षक मसाउद खान, सशस्त्रका नायब महानिरीक्षक गणेश ठारा मगरले मन्त्रालयबाट प्राप्त भएको माेटरसाइकलले प्रहरीलाई गस्ती गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया