लाेसपा मधेस प्रदेश संसदीय दलकाे नेतामा शर्मा सर्वसम्मत चयन

 पुस २७, २०७९ बुधबार १४:९:२६ | सुजीत झा
unn.prixa.net

धनुषा – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मधेस प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मतले चयन हुनुभएको छ । 

लोसपाका संसदीय दलको नेताका लागि अभिराम शर्मा र जितेन्द्र सोनल उम्मेदवार हुनुहुन्थ्याे तर पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेताहरूसँगकाे छलफलपछि शर्मालाई नेतामा नियुक्त गरिएको पार्टीका नेता राजिव झाले जानकारी दिनुभयाे । शर्मा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित हुनुभएकाे थियाे । 

मधेस प्रदेशमा यसअघि जसपा संसदीय दलको नेतामा सरोज यादव, नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्ण यादव, जनमत पार्टी संसदीय दलको नेतामा महेश यादव, एमाले संसदीय दलको नेतामा सरोज यादव चयन हुनुभएकाे छ । 

माओवादी पार्टीको संसदीय दलको नेताको चुनाव भाेलि बिहीवारसम्म हुने पार्टीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया