सेनाले यसरी मनायाे पृथ्वी जयन्ती (तस्बिरहरू)

 पुष २७, २०७९ बुधबार १९:८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली सेनाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मृतिमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७९ विविध कार्यक्रमको आयोजना गरी भव्यरूपमा मनाएको छ । 

यसै क्रममा पुस २१ गतेदेखि पुस २७ गतेसम्म एकीकरण मार्ग पदयात्रा सञ्चालन भएको थियो । पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियानको थालनी गर्ने बेला स्थापना भएका पाँच वटा पल्टनको प्रतिनिधित्व हुने गरी सञ्चालन भएको पदयात्रा गोरखाबाट धादिङ, नुवाकोट, काठमाण्डौ हनुमानढोका हुदै जङ्गी अड्डा पुगेर समापन भएको हो । त्यस पदयात्रा टोली काठमाण्डौ पुगेपछि पृथ्वीनारायण शाहको फोटो बग्गीमा राखी नगर परिक्रममा गरिएको थियो । 

यस अवसरमा जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति महारथी प्रभुराम शर्माले जङ्गी अड्डामा रहेकाे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको थियो । यसै क्रममा कविता प्रतियोगिताका उत्कृष्ट कविताहरू वाचन गर्नुका साथै प्रा. डा. जगमान गुरुङ र प्रा. डा. घनश्याम भट्टराईबाट पृथ्वीनारायण शाहको दिव्याेपदेश सम्बन्धी प्रवचन भएको थियो । प्रधान सेनापतिले कविता प्रतियोगिता तथा लघु नाटक प्रतियोगिताका विजयी सकलदर्जा तथा छात्रछात्रालाई पुरस्कृत गर्नुभयो ।

आज नै प्रधानसेनापति महारथी शर्माले गोरखामा रहेकाे गोरखा दरबार, ठूलो आँगनमा नेपालको राष्ट्रिय झन्डाकाे झन्डाेत्तोलन तथा बिगुलद्वारा विजय ध्वनिसहित राष्ट्र निर्माता सलामी अर्पण गर्ने कार्यको शुभारम्भ र पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्नुभयो ।

तस्बिर : नेपाली सेना

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया