'ह्युमन राइट्स वाच' को प्रतिवेदन : गैरन्यायिक हत्यामा सरकार गम्भीर भएन, आन्दोलनमा अनावश्यक बल प्रयोग

 पुष २८, २०७९ बिहीबार १४:३७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था 'ह्युमन राइट्स वाच' ले नेपालमा गैरन्यायिक हत्याको घटनामा सरकार गम्भीर नभएको जनाएको छ । 

ह्युमन राइट्स वाचले विश्वभरको मानव अधिकार अवस्था विश्लेषण गरेर सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल सरकार गैरन्यायिक हत्याको घटनामा गम्भीर नभएको उल्लेख गरेको छ । हिरासतमा कैदीको मृत्यु हुने गरेको विषयलाई सरकारले हल्कारूपमा लिने गरेको र सुरक्षाकर्मीले दिएका यातना र मानव अधिकार उल्लङ्घनका घटना अनुसन्धान गर्न सरकारले चासो नदिएको प्रतिवेदनले देखाएको छ । हातहतियार र फिरौतीको आरोपमा तीन पटक जेल परिसकेका विजयविक्रम शाहलाई बाहिर निकालेर उनको नाममा जेलमा राखिएका नाबालक सुन्दर हरिजन रोल्पा जेलमा मृत फेला परेको घटना पनि 'ह्युमन राइट्स वाच' को प्रतिवेदनमा उल्लेख छ । 

यस्तै वन्यजन्तुको आक्रमण नियन्त्रण गर्न गएको असारमा बर्दियामा भएको आन्दोलनमा प्रहरीको दमनमा १९ वर्षकी नविना थारुको ज्यान गएको विषय पनि प्रतिवेदनमा समावेश छ । बर्दिया घटनाबारे अनुसन्धान गर्न सरकारले समिति गठन गरे पनि प्रतिवेदन कार्यान्वयन नगरेको उल्लेख छ । घटनामा सरकारले अनावश्यकरूपमा अश्रु ग्यास, लाठी चार्ज र गोली प्रहार गरेको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै आन्दोलन वा विवादका क्रममा सुरक्षाकर्मीद्वारा दुर्व्यवहारका घटना धेरै हुने गरेको, अत्यधिक बल प्रयोग हुने गरेको, मानव अधिकार विपरीतका गतिविधि हुने गरेको लगायतका विषय प्रतिवेदनमा उल्लेख छन् । वर्षाैँकाे ढिलाइपछि सङ्क्रमणकालीन न्यायको विषयलाई अघि बढाए पनि पुनः अलपत्र परेको प्रतिवेदनले जनाएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया