अख्तियारका पूर्वआयुक्त पाठक र घुस दिने न्यौपाने भ्रष्टाचारको मुद्दामा दोषी ठहर

३९ लाख रुपैयाँ जरिबाना र ३ वर्ष ३ महिनाका दरले कैद सजाय

 पुष २८, २०७९ बिहीबार १९:२२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र उनलाई घुस दिने लम्बोदर न्यौपानेलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ ।  

विशेष अदालतका प्रमुख श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले पाठक र न्यौपानेलाई दोषी ठहर गर्दै ३९ लाख रुपैयाँ जरिबाना र तीन वर्ष तीन महिनाका दरले कैद सजायको फैसला सुनाएको हो ।

घुस लिएको भिडियो र अडियो बाहिरिएपछि २०७५ सालमा अख्तियारले आफ्नै आयुक्त पाठक र उनलाई घुस दिने न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सरकारी जग्गाको जग्गा भोगचलन गरेर सञ्चालन भएको नेपाल इन्जिनियरिङ कलेजमाबारे अख्तियारले अनुसन्धान गरिरहेको बेलामा आयुक्त राजनारायण पाठकले फाइल बन्द गरिदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएका थिए । तर फाइल बन्द नभएपछि घुस दिएका लम्बोदर न्यौपानेले घुस दिएको अडियो र भिडियो सार्वजनिक गरेका थिए ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया