मधेसमा माओवादी संसदीय दलकाे नेतामा भरतप्रसाद साह चयन

 पुस २९, २०७९ शुक्रबार १७:५७:१७ | सुजीत झा
unn.prixa.net

धनुषा – मधेस प्रदेशमा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा भरतप्रसाद साह चयन हुनुभएको छ । दलका नेताका लागि सर्वसम्मतिकाे प्रयास सफल हुन नसकेपछि चुनावद्वारा साह चयन हुनुभएकाे हाे । 

आज शुक्रवार भएको दलकाे नेताको चुनावमा प्रदेशका पूर्व गृह तथा सञ्चारमन्त्री समेत रहेका साह छ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । संसदीय दलको दाबेदारी प्रस्तुत गर्नुभएका युवराजप्रसाद भट्टराईले तीन मत पाउनुभएको छ । मधेमा माओवादी केन्द्रका नाै सांसद छन् । 

प्रदेशमा यसअघि जसपाको संसदीय दलको नेतामा सरोज यादव, नेपाली कांग्रेसकाे संसदीय दलको नेतामा कृष्ण यादव, जनमत पार्टीको संसदीय दलको नेतामा महेश यादव, एमालेको संसदीय दलको नेतामा सरोज यादव, लोसपाको संसदीय दलको नेतामा अभिराम शर्मा, नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा गोविन्दबहादुर न्यौपाने चयन भइसकेका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया