एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
झापा - दमक–६ मा रहेकाे नमुना बजारमा आगलागी हुँदा ९ वटा पसलमा क्षति पुगेकाे छ । आगलागीबाट जुत्ता तथा कपडाका पसल जल्दा लाखौँ रुपैयाँ बराबरकाे क्षति भएकाे इलाका प्रहरी कार्यालय दमकले जनाएकाे छ ।
दमक–६ का वडाध्यक्ष टेकबहादुर थापाले आज बिहान करिब २ बजेतिर अचानक आगलागी सुरु हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएकाे जानकारी दिनुभयाे । आगलागीबाट जुत्ताचप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ वटा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।
आगलागी कसरी भयो यकिन कारण खुल्न सकेकाे छैन । तर, विद्युत् सर्ट भएर आगाे लागेको हुन सक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताउनुभयो । क्षतिको विवरण सङ्कलन भइरहेको उहाँले बताउनु भयाे ।
दमकसहित कमल, गौरादह, कानेपोखरीका दमकल, प्रहरी र स्थानीयवासीको प्रयासमा करिब तीन घण्टापछि आगाे निभाइएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।