एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - चितवनको नारायणी नदीमा आजदेखि क्रुजसीप अर्थात् सानो पानीजहाज चल्ने भएको छ ।
राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले आज दिउँसो १ बजेदेखि राइनो क्रुजसीप सञ्चालनमा आउने जानकारी दिएको छ । यसको २ वर्षअघि नै परीक्षण गरिएको थियो । तर कोरोना महामारी, नीतिगत पक्ष तथा व्यवस्थापनमा समस्याका कारण सञ्चालनमा आउन सकेको थिएन । अहिले सबै प्रक्रिया पूरा गरेर व्यावसायिक रुपमा क्रुजसीप सञ्चालनमा ल्याउन लागेको कार्यकारी निर्देशक दीपक ढुङ्गेलले जानकारी दिनुभयो । तीन तलाको क्रुजसीपको क्षमता २ सय जनाभन्दा धेरै अट्ने रहेको छ । तर अहिले १ सय ८० जनासम्म यात्रु चढ्न सक्नेछन् ।
नारायणगढको पुल्चोकदेखि झण्डै ९ किलोमिटर दक्षिणमा रहेको काभ्रेघाटमा क्रुजसीपको स्टेसन रहेको छ । ४० किलोमिटर सञ्चालन अनुमति प्राप्त रहेको तर अहिले नदीले धार परिवर्तन गरेको तथा पानीको सतह कम भएकाले छोटो दूरीमा मात्रै चल्ने उहाँको भनाइ छ ।
यात्रामा हुनसक्ने जोखिम बहन गरी सबै यात्रुहरूको १० लाख रुपैयाँ बराबरको बीमा गरिएको कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।