उद्धार कार्यमा सबै शक्ति लगाएका छौँ : प्रधानमन्त्री प्रचण्ड

 माघ १, २०७९ आइतबार १२:५१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमान दुर्घटनापछि उद्धार कार्यमा सरकारका सबै संरचना र शक्ति लगाइएको बताउनुभएको छ ।

पोखरामा यति एअरलाइन्सको विमान जहाज दुर्घटनाबारे जानकारी लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएका प्रचण्डले उद्धारका लागि सबै शक्ति लगाइएको बताउनुभयो । उहाँले बाँकी निर्णय गर्न केहीबेरमै मन्त्रिपरिषद्को बैठक बस्न लागेको पनि जानकारी दिनुभयो ।

६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको छ । अहिले उद्धारको काम चलिरहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया