एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले ट्वीट गर्दै दुर्घटनामा ज्यान गुमाउने यात्रु एवम् चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
‘यती एअरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु । दुर्घटनामा जीवन गुमाउने यात्रु एवम् चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु’, राष्ट्रपतिले भन्नुभयो ।
६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मेघराज दाहाल
Jan. 15, 2023, 6:33 p.m.घटनाबाट प्रतक्ष पीडित मात्र नभई सारा नेपाली शोकमग्न बनेका छन् । यात्राको लागि न त सडक यातायात नै सुरक्षित छ न त हवाई यातायात नै । पाएसम्म सीट क्षमता भन्दा बढी यात्रु राख्न एउटै सीट २/३ जनालाई बेचेर अहिले सम्मपनि झुट ब्यवसाय गर्ने बस ब्यवसाय त नियन्त्रणमा आउन सक्दैन भने सुरक्षीत हवाई यात्राको त कसरी कल्पना गर्नु र ।