एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् । काठमाण्डाैबाट पोखराका लागि आज आइतवार बिहान उडेको यति एअरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको थियो । विमानमा चालक दलका चार सदस्यसहित ७२ यात्रु सवार थिए ।
नेपालका लागि चिनियाँ राजदूत छेन सोङले ट्वीट गर्दै विमान दुर्घटनाले निकै स्तब्ध भएको उल्लेख गर्दै दुःखद घडीमा नेपाली नागरिकका साथमा रहेको बताउनुभएको छ । उहाँले विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
यस्तै नेपालमा रहेकाे अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमार्फत विमान दुर्घटनाले अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।