एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
मकवानपुर - बाग्मती प्रदेश सभा सचिवालयमा आज दिउँसो ३ बजे उपसभामुखको चुनाव हुनेभएको छ । प्रदेश सभाका उसभामुखमा तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट एक जना, कांग्रेस र नेपाल मजदुर किसान पार्टीका दुई जनाले उपसभामुखमा उम्मेदवारी दिएका हुन् । तीन जनाका बीचमा उपसभामुखमा प्रतिस्पर्धा हुने भएको छ ।
उपसभामुखमा पनि सत्तारुढ दलहरुको बहुमत पुग्छ । सत्ता गठबन्धनकातर्फबाट एमालेकी अप्सरा चापागाईं, नेपाली कांग्रेसकी सोना परियार र नेपाल मजदुर किसान पार्टीकी रीता काफ्लेले उपसभामुखमा उम्मेदवारी दर्ता गराउनु भएको छ । उपसभामुखमा सत्ता साझेदार दलकै उम्मेदवार विजयी हुने निश्चित छ । यसअघि सभामुखमा सत्तारुढ दलबाट राप्रपाका भुवन पाठक चयन हुनुभएको थियो ।
यसैबीच, सभामुखको चुनावका लागि बस्ने भनिएको मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । सरकारले आज राष्ट्रिय शोक बिदा दिएको हुँदा प्रदेश सभा बैठक स्थगित गरिएको हो । आज बस्ने भनिएको प्रदेश सभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।