विमान दुर्घटना : ज्यान गुमाएका ३८ जनाको पहिचान खुल्यो, विमानको ‘ब्ल्याक बक्स’ पनि भेटियो

 माघ २, २०७९ सोमबार १२:४५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पोखरामा हिजो भएको यति एअरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये ३८ जनाको पहिचान खुलेको छ ।

विमानमा रहेका ७२ जनामध्ये ६८ जनाको शव भेटिएको छ । अरु चार जनाको अवस्था अझै खुलेको छैन । उनीहरुको खोजी भइरहेको कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताउनुभयो । उनीहरुको शव आज आफन्तलाई जिम्मा लगाउने तयारी छ ।

यस्तै, दुर्घटना भएको यती एअरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिनुभयो । 'ब्ल्याक बक्स' विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्त्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका अनुसार 'ब्ल्याक बक्स' नेपाली सेनालाई बुझाइएको छ ।

'ब्ल्याक बक्स' आजै काठमाण्डाै ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ । हिजो बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट उडेको विमान पोखरामा अवतरण गर्न ठिक्क परेको अवस्थामा अचानक खोँचमा ठोक्किएको हो । विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना व्यक्ति रहेका थिए ।  

सूची :

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया