बेलुन फुलाउने सिलिन्डर विस्फाेट हुँदा एक जनाकाे ज्यान गयाे

 माघ २, २०७९ सोमबार १७:२९:५१ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ९ कपिलधाममा आयोजित थारु समुदायको मेलामा बेलुन फुलाउने सिलिन्डर विस्फाेट हुँदा एक जनाको ज्यान गएकाे छ । 

सिलिन्डर विस्फाेट हुँदा बेलुन बिक्रेता वाणगंगा ८ का ६५ वर्षीय नासिर मोहम्मदको घटनास्थलमै ज्यान गएकाे इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपक बाबु केसीले बताउनुभयाे । थारु मेला स्थानीय थारु कल्याणकारी सभाले आयोजना गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया