नेपालमा भएका सबै एटीआर विमानको जाँच गर्दा त्रुटि भेटिएन : प्राधिकरण

 माघ २, २०७९ सोमबार १९:०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उड्ने सबै एटीआर जहाजको प्राविधिक जाँच गर्दा कुनै त्रुटि नरहेको जनाएको छ ।

प्राधिकरणले आज साेमवार विज्ञप्ति निकालेर पोखरामा हिजो आइतवार भएको यति एअरलाइन्सको विमान दुर्घटनालगत्तै नेपालमा सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ जहाजको विस्तृत प्राविधिक परीक्षण गरेको र परीक्षणका क्रममा कुनै पनि त्रुटि नभेटिएको जानकारी गराएको हो ।

नेपालका सबै वायु सेवा कम्पनीबाट नियमित उडान योग्यताका लागि चाहिने दैनिक परीक्षण, उडानअघि गरिने परीक्षण, निश्चित अन्तरालमा गरिने परीक्षणजस्ता कामहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्ड तथा सिफारिस र वायु यान निर्माता कम्पनीको मापदण्डअनुसार हुने गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

 सम्बन्धित समाचार

यति एअरलाइन्सकाे विभान दुर्घटनालगत्तै हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सबै जहाजको परीक्षण गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • प्रेम बहादुर तामाङ (रसुवा ,नौकुन्ड ३ पारच्याङ)

    Jan. 16, 2023, 8:19 p.m.

    नेपालमा बर्ष पिछे विमान दुर्घटना भइ रहेको छ। मलाई त लाग्छ ! दिन प्रती दिन बिमान प्रयोगमा आइ रहेको तर बिमानमा के, के समस्य आइरहेको छ भन्ने चेक जाँच चही अलि राम्रो सङ्ग ध्यानाकर्षण नगएको हो कि !

  •  0 Reply

तपाईको प्रतिक्रिया