अघिल्लाे सरकारले गरेका कामकाे समीक्षा गर्न मधेसमा उच्चस्तरीय समिति गठन

 माघ २, २०७९ सोमबार १९:५५:३७ | सुजीत झा
unn.prixa.net

धनुषा – मधेस प्रदेश सरकारले अघिल्लो सरकारले गरेका कामको समीक्षा गर्न उच्चस्तरीय समिति गठन गरेको छ । नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव र मन्त्रीहरूको शपथ ग्रहणपछि आज साेमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयलाई कार्यान्वयन गर्दै समिति गठन गरिएको हो ।

अघिल्लो प्रदेश सरकारले गएकाे पाँच वर्षमा गरेका कामको समीक्षा गर्ने निर्णय गर्दै मुख्यमन्त्री यादव नेतृत्वको सरकारले मुख्यमन्त्री कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव नुरहरि खतिवडाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यहरूमा अर्थ, उद्योग, पर्यटन तथा वन, गृह तथा सञ्चार मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका उप–सचिवलाई राखिएको उहाँले बताउनुभयाे । 

अघिल्लो सरकारले गरेका कामको समीक्षासहित आउँदा दिनमा सेवा प्रवाह र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन प्रवर्द्धन गर्न समिति गठन गरेको विनाविभागीय मन्त्री वसन्त कुशवाहाले जानकारी दिनुभयाे । समितिले प्रदेश सरकार मातहतका संरचनामा सेवा प्रवाहमा देखिएको बेथिति, त्रुटि, समस्या पहिचान गरी त्यसको समाधान गर्न तथा सेवा र विकास निर्माणका कार्यलाई छिटोछरितो गर्ने गरी १५ दिनभित्र सुझाव पेस गर्न समितिलाई जिम्मेवारी दिइएको मन्त्री कुशवाहाले बताउनुभयाे ।

मन्त्रिपरिषद् बैठकले मधेसमा शीतलहरको समय रहेकाले गरिब तथा विपन्न वर्गलाई जाडाे छल्नका लागि एक सय ३६ वटै पालिकालाई दाउरा वितरण गर्ने निर्णयसमेत गरेकाे थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया