एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – पोखरामा हिजो आइतवार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु गरिएकाे छ । पोखरामा शव बुझ्न चाहने आफन्तलाई पोस्टमार्टमपछि शव बुझाउन सुरु गरिएको हो ।
बाँकी सनाखत भइसकेका १८ जना र सनाखत हुन बाँकी २८ जना गरी ४६ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । शव लिनका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा पुगिसकेको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले आज अबेर भएकोले भोलि मङ्गलवार बिहान ९ बजेपछि शव काठमाण्डाै पठाइने जानकारी दिनुभयो ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले सेती नदीकाे खोँचमा खोजी कार्य जारी राखेको छ । आज पानीभित्रबाट एक जनाको शव निकालिएको र बाँकी तीन जनाको शव खोज्नका लागि गोताखोर टोलीसहित नेपाल प्रहरीका दुई वटा कुकुरसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।