'म मन्त्री भएँ भन्दा बुबा रुनुभयो तर जेलमा भेट्न आउँदाकोभन्दा फरक'

 माघ ३, २०७९ मंगलबार १२:३८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माओवादी केन्द्रबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती मन्त्री बन्ने पक्का भएपछि बुबालाई भेट्न अस्पताल पुग्नुभयो । 

पक्षघातले थलिएका बुबा पूर्व लाहुरे हर्कबहादुरलाई सुदन किराँतीले 'म मन्त्री भएँ' भन्दा एकछिन त पत्याउनु भएन । सोध्नुभयो 'कसरी ?' सुदनको जवाफ थियो 'पहिलो त तपाईँहरुले जन्माउनु भयो, दोश्रो त मैले धेरै राजनीतिमा दु:ख गरे, तेश्रो जनताले माया र भरोसा दिए, चौथो पार्टीले विश्वास गर्यो ।'

 अनी बुबाले भन्नुभयो 'राम राम राम ! म उहिले फोक्लेण्डको लडाइँमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थे !'

किराँतीले फेसबुक पेजमा बुबासँग अस्पतालमा भएको संवाद उल्लेख गर्दै लेख्नुभएको छ बुबाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसङ्ग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाव भने फरक । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया