एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – पोखरामा आइतवार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ । योसँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको यति एअरलाइन्सले जनाएको छ । अझै एक जनाकाे अवस्था थाहा नभएकाे र खोजी भइरहेको एअरलाइन्सले जानकारी दिएको छ ।
यसैबीच विमान दुर्घटनामा निधन भएकामध्ये काठमाण्डौ ल्याइएका ४८ वटा शवको शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम भइरहेको छ । पाेस्टमार्टमपछि आफन्तलाई शव बुझाउने यति एअरलाइन्सले जनाएको छ ।
यस्तै २२ जनाको शव पोखरामा पोस्टमार्टम गरेर आफन्तलाई बुझाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभएकाे छ ।
गएकाे आइतवार ६८ जना यात्रुसहित चार जना चालक दलका सदस्य गरी ७२ जना सवार यति एअरलाइन्सकाे विमान सेती नदीकाे खाेँचमा दुर्घटना भएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।