एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – बालिका बलात्कारकाे आराेप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।
आज मङ्गलवार न्यायाधीश काेमप्रसाद आचार्यकाे एकल इजलासले बलात्कारकाे आराेपमा दाबी नपुगकाे भन्दै शाहलाई सफाइ दिएको हो ।
जिल्ला अदालत तनहुँबाट सफाइ पाए पनि शाह तत्काल रिहा भने हुने छैनन् । उनीमाथि जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा गएकाे भनाै २१ गते दुई वर्ष छ महिना कैद र २५ हजार रुपैयाँ जरिबानाबापातकाे फैसला सुनाएकाे थियाे । साथै पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएकाे थियाे । त्याे सजाय काटेपछि मात्र उनी रिहा हुनेछन् । नवलपुर अदालतको फैसलाविरुद्ध शाहले गएकाे कात्तिक २५ गते उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् ।
गएकाे फागुन ११ गते बालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाेमा पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।