डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको बहराइनको इसा अवार्ड

 माघ ३, २०७९ मंगलबार १९:३२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – आँखासम्बन्धी वरिष्ठ डाक्टर सन्दुक रुइतले बहराइन सरकारले दिने प्रतिष्ठित इसा अवार्ड पाउनुभएकाे छ । 

बहराइन सरकारले दिने पुरस्कार इसा अन्तर्गत मानवीय सेवाका लागि डाक्टर रुइत यस पटक विजेता बन्नुभएको गल्फ न्युजले जनाएको छ । बहराइनका राजाका विशेष प्रतिनिधिले आज अवार्ड विजेताको घोषणा गरेका खबरमा उल्लेख छ । 

बहराइन सरकारले हरेक दुई वर्षमा प्रदान गर्ने यो अवार्ड विपद् रोकथाम, राहत, शिक्षा, मानव सेवालगायतका ११ वटा विधामा प्रदान गरिन्छ । यो अवार्डको स्वर्ण विजेताले १० लाख अमेरिकी डलर अर्थात् १३ करोड रुपैयाँ प्राप्त गर्दछन् । अवार्डसँगै डाक्टर रुइतले १३ करोड रुपैयाँ प्राप्त गर्नुहुनेछ ।

डाक्टर रुइतले नेपालसहित विश्वका विभिन्न देशका एक लाख ८० हजार जनाभन्दा धेरेको शल्यक्रिया गरेर आँखाको ज्योति दिन सफल हुनुभएको छ । बोर्ड अफ ट्रस्टिजका अध्यक्ष मोहम्मद बिन मुबारक अल खालिफाले यस पटक अवार्डका लागि एक सय ३९ वटा मनोनयन परेको जानकारी दिनुभयो ।

यस्तै मानवताका लागि इसा अवार्डका महासचिव अलि अब्दुल्लाह खालिफाले डाक्टर रुइतले मोतियाविन्दुको उपचारमा अकल्पनीय योगदान दिएको उल्लेख गर्दै उहाँको सक्रियता नभएको भए हजारौँले दृष्टि नपाउने बताउनुभएको छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Aarush tamang

    Jan. 20, 2023, 12:44 a.m.

    Nothing

  •  0 Reply

तपाईको प्रतिक्रिया