साढे १० करोड रुपैयाँमा निर्मित स्वास्थ्य प्रयोगशाला प्रदेश सरकारलाई हस्तान्तरण

 माघ ३, २०७९ मंगलबार २०:४०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रादेशिक सार्वजनिक स्वास्थ्य प्रयोगशाला प्रदेश १ लाई हस्तान्तरण गरिएको छ । ग्लोबल फन्डले नेपालका लागि प्रदान गरेको अनुदान सहायताको रकमबाट प्रयोगशालाको स्थापना भएको हो ।

मङ्गलवार एक कार्यक्रमबीच एड्स, क्षयरोग र मलेरियाविरुद्धको ग्लोबल फन्डका क्षेत्रीय प्रबन्धक निकोलस कान्टु र सेभ दी चिन्ड्रेनकी नेपाल तथा भुटानमा रहेकाे कार्यालयकी निर्देशक हेदर क्याम्पबेलले संयुक्तरूपमा प्रयोगशालाको हस्तान्तरण गर्नुभएको हो । 

साढे १० करोड रुपैयाँ लागतमा निर्मित प्रयोगशालामा आउँदा दिनमा थप फर्निचर, लिफ्ट, प्रयोगशालाका लागि आवश्यक पर्ने अन्य उपकरण पनि थप्ने योजना रहेको बताइएको छ । प्रदेश १ का लागि यो रिफरल प्रयोगशाला निर्माण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा सेभ द चिल्ड्रेन, ग्लोबल फन्डले आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराएको छ । 

यो प्रयोगशालाले प्रदेशभर सञ्चालनमा रहेका सबै स्वास्थ्य प्रयोगशालाको नियमन गर्नका लागि प्रदेश तथा पालिकालाई सघाउने लक्ष्य राखेको छ । यसका साथै क्षमता सुदृढीकरणका लागि यो प्रयोगशालाले प्रयोगशालाका स्वास्थ्यकर्मीको क्षमता बढाउने, अन्य प्रयोगशालालाई प्राविधिक सहायता उपलब्ध गराउने, स्थानीय प्रयोगशालाको गुणस्तर सुनिश्चितता गराउनुका साथै सर्वसाधारणका लागि न्यूनतम मूल्यमा प्रयोगशालाका सेवाहरू प्रवाह गर्ने काम पनि गर्नेछ । 

सन् २००८ देखि सेभ दी चिल्ड्रेनले ग्लोबल फन्डको अनुदान व्यवस्थापन गर्दै आएको छ । सन् २०१५ यता भने सेभ दी चिल्ड्रेनले तीन थरी रोग (एचआईभी, क्षयरोग र मलेरिया) का लागि पूर्ण व्यवस्थापन गर्दै आएको छ । 

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ मा स्वास्थ्य मन्त्रालयलाई अलग्गै मन्त्रालय बनाएर मन्त्रालयका सेवाहरू उत्कृष्ट बनाइने प्रतिबद्धता जनाउनुभयो । स्वास्थ्य मन्त्रालयलाई सामाजिक विकास मन्त्रालय मातहतमा राख्ने चर्चा चलिरहका बेला मुख्यमन्त्री कार्कीको यस्तो प्रतिक्रिया आएको हो । 

उहाँले मन्त्रालयलाई अध्ययनको क्षेत्रमा जोडेर जनशक्ति र आर्थिक स्राेत जुटाइ सेवाहरूलाई चुस्त बनाइने बताउनुभयो । उहाँले स्वास्थ्यसँग जोडिने सरकारी संरचनाको विकासमा लगानी बढाएर स्वास्थ्यमा नागरिककाे पहुँच सुनिश्चित गर्न लाग्नेसमेत सुनाउनुभयाे ।   

त्यस्तै सेभ द चिल्ड्रेनकी नेपाल र भुटानमा रहेकाे कार्यालयकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले प्रदेश सरकारलाई प्रदेश जन स्वास्थ्य प्रयोगशालाको हस्तान्तरणले सङ्घीयताको मर्मअनुसार स्वस्थ्य सेवालाई विकेन्द्रीकृत गर्ने नेपाल सरकारको योजनालाई सहायता गर्ने सेद दी चिल्ड्रेन र ग्लोबल फन्डको प्रतिबद्धता रहेको उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया