झन्डै ३ वर्षदेखि रोकिएको काठमाण्डौ–बेइजिङ सिधा हवाई उडान फेरि सुरु

 माघ ४, २०७९ बुधबार १३:४९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – झन्डै तीन वर्षदेखि रोकिएको काठमाण्डौ–बेइजिङ सिधा हवाई उडान फेरि सुरु भएको छ । सन् २०२० को मार्चपछि हिजो मङ्गलवार पहिलो पटक हिमालय एअरलाइन्सले काठमाण्डौ–बेइजिङ उडान गरेको हो ।

चीनले कोरोना महामारीका कारण तीन वर्षसम्म काठमाण्डौ–बेइजिङमा उडानको अनुमति दिएको थिएन । अब हिमालय एअरलाइन्सले विश्वकै प्रख्यात बेइजिङको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने जनाएको छ ।

आउँदो फेब्रुअरी ११ तारिखदेखि हरेक शनिवार काठमाण्डौ–बेइजिङ उडान हुने एअरलाइन्सले जानकारी दिएको छ । यो रुटमा उडानको अवधि तीन घण्टा ४८ मिनेटको रहेको छ ।

चिनियाँ नयाँ वर्षको उत्सव र बिदाको समय चलिरहेकाले यो मौकामा हुने काठमाण्डौ–बेइजिङ उडानले नेपालको पर्यटन र व्यापारको क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा छ ।
 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया