सभामुखकाे चुनाव पक्कै जित्छु : कांग्रेस उम्मेदवार न्याैपाने

 माघ ४, २०७९ बुधबार १७:१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाकाे सभामुखमा उम्मेदवारी दिनुभएकी ईश्वरी न्यौपानेले आफू विजयी बन्ने दाबी गर्नुभएको छ ।

बुधवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै न्याैपानेले आफ्ना लागि जित्ने आधारहरू भनेकै प्रतिनिधि सभाका सदस्य भएको बताउनुभयो । चुनाव अघिसम्म आफू नेपाली कांग्रेसको नेता भए पनि सभामुख बनेपछि सबैको सभामुखको रूपमा काम गर्ने उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘म यो चुनावमा पक्कै जित्छु । मेरो जित्ने आधारहरू सांसदको मत हो । चुनावअघि म नेपाली कांग्रेसको नेता भए पनि सभामुखमा चुनाव भइसकेपछि म सबैको सभामुख हो । मैले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थरूपमा रहेर सांसद र संसद्प्रति न्याय गरेर सकेसम्म राम्रोसँग चलाउँछु ।’

उम्मेदवार न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हुनुहुन्छ भने समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहनुभएको छ । उहाँलाई माधव नेपाल नेतृत्वको नकेपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया