एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा काठमाण्डौमा रैथाने बालीको प्रदर्शनी गरिएको छ ।
देशभरका रैथाने बाली तथा जातलाई प्रवर्द्धन गर्ने उद्देश्यले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागमा २७ वटा स्टलमा हिजाे बुधवार प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा मुख्यबाली धान, मकैसँगै कागुनो, जुनेलो, कोदो, फापर, दलहन बाली राखिएको छ ।
नेपालका विभिन्न ठाउँमा उत्पादन हुने रैथाने बालीको संरक्षण र तिनको प्रवर्द्धनका लागि प्रदर्शनीको आयोजना गरिएको कृषि विभाग बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले बताउनुभयो ।पछिल्ला वर्ष रैथाने बाली लोप हुँदै गएको र तिनको संरक्षणका लागि पहल भैरहेको उहाँको भनाइ छ ।
‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ सरकारले यस वर्षदेखि राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन थालेको छ । माघ १ गतेलाई सरकारले राष्ट्रिय कृषि जैविक विविधता दिवसका रुपमा घोषणा गरेको छ । दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम भैरहेका छन् ।
पछिल्लो समय बासस्थान विनाश, आधुनिक खेतीका नाममा नकारात्मक अभ्यास र अन्य मानव सिर्जित कारणले समग्र जैविक विविधता संरक्षणमा ह्रास हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।