विमान दुर्घटना दोहोरिन नदिन कार्ययोजना बनाएर काम गर्ने पर्यटनमन्त्रीको दाबी

 माघ ५, २०७९ बिहीबार ११:४५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विमान दुर्घटना दोहोरिन नदिन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

गएको १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाबारे संसद बैठकमा जानकारी गराउँदै उहाँले यस्ता दुर्घटना दोहोरिन नदिन कार्ययोजना नै बनाएर अगाडि बढ्ने बताउनुभयो ।

दुर्घटनामा ज्यान गुमाएका ७२ मध्ये ७१ जनाको शव संकलन भएको र हराइरहेका एक जनाको खोजी भइरहेको पनि उहाँले सदनलाई जानकारी गराउनुभयो ।

त्रिवि शिक्षण अस्वतालमा भएका शवको पोस्र्टमार्टमपछि पीडितका परिवारलाई बुझाइने पनि उहाँले बताउनुभयो ।

उहाँले दुर्घटनाको अनुसन्धानका लागि आवश्यक सूचना संकलन गर्न निर्देशन दिइसकेको र त्यही अनुसार काम भइरहेको पनि बताउनुभयो । 

यसअघि संसद बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदनको कार्यसूचीमा विमान दुर्घटनाको विषय समावेश नभएकोमा आपत्ति जनाउँदै यसबारे सरकारले सत्यतथ्य जानकारी गराउन माग गर्नुभएको थियो ।

संसदमा अहिले सभामुखको निर्वाचन प्रक्रिया सुरु भएको छ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया