ओलीको भनाइले सङ्घीयता नै खतरामा छ कि जस्तो भएको छ : विमलेन्द्र निधि

 माघ ५, २०७९ बिहिबार १३:६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै नागरिक झस्किएको बताउनुभएको छ ।

आज बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद निधिले प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएकोसमेत बताउनुभयो । उहाँले संविधानले व्यवस्था गरेको प्रणालीले कार्यपालिकाभन्दामाथि कसैले पनि निर्देशन दिन नमिल्ने बताउनुभयो । ओलीको भनाइले सङ्घीयता नै खतरामा रहेको आशङ्का उब्जिएको उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘संविधानले ग्रहण गरेको अवलम्बन र व्यवस्था गरेको प्रणालीले कार्यपालिकाभन्दामाथि कसैले नीति निर्देशन दिन मिल्छ र ? हामी झस्केका छौँ । नागरिक झस्केका छन् । उहाँ (ओली) ले प्रतिनिधि सभाको विघटन प्रतिगमन होइन भन्नुभएको छ । बाहिरको र नेपालको संसदीय प्रणालीमा केही न केही फरक छ । उहाँले यस्तो भन्नुमा सङ्घीयतामाथि नै खतरा आइरहेको छ भन्ने महसुस भएको छ । हामीले त्यो सबै कुरालाई ध्यानमा राखेर विश्वासको मत दिएका छाैँ । विपक्षीले विश्वासको मत दिँदा खुसी मनाउनुपर्ने ठाउँमा चिन्ता हुन्छ भने के महत्त्व ? प्रतिस्पर्धालाई प्रतिशोधको भावनाले हेर्नु हुँदैन ।’

सांसद निधिले सभामुखमा ईश्वरीदेवी न्यौपाने सबैभन्दा योग्य पात्र भएको दाबी पनि गर्नुभयाे । उहाँले सभामुखकी उम्मेदवार न्यौपाने योग्य, अनुभवी, क्षमतावान्, कल्पनाशील दूरदर्शी व्यक्तित्व रहेको बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया