एमाले सबैभन्दा बढी दिने र कांग्रेस सबैभन्दा बढी लिने दलकाे रूपमा चिनिन्छ : याेगेश भट्टराई

 माघ ५, २०७९ बिहीबार १३:२०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका सांसद योगेकुमार भट्टराईले नेपाली कांग्रेसकै कारण २०७४ सालमा राष्ट्रपति सर्वसम्मतरूपमा हुन नसकेको आराेप लगाउनुभएकाे छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले २०७२ सालमा संविधान बनेपछि सर्वसम्मतरूपमा राष्ट्रपति चयन हुनुपर्ने भए पनि कांग्रेसलाई लक्षित गर्दै कांग्रेसकै कारण सर्वसम्मतरूपमा राष्ट्रपति चयन हुन नसकेको बताउनुभयो । उहाँले इतिहासमा हेर्ने हाे भने पनि कांग्रेस सबैभन्दा लाभ लिने र अरूलाई हस्तान्तरण नगर्ने दलको रूपमा रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँ दिने र लिनेको पनि कुरा भयो, आज धेरै तितो इतिहास नसम्झिऔँ भन्ने लागेको थियो । फेरि पनि सम्झना गर्ने बाध्यता आयो । नेपाली कांग्रेस र नेकपा एमालेको सम्बन्ध त्यस्तै छ । विगत हेर्ने हो भने एमाले सबैभन्दा बढी दिने र नेपाली कांग्रेस सबैभन्दा बढी लिने दलमा चिनिन्छ । २०७२ को संविधान बनाउँदा के भनिएको थियो, बनेपछि आज के भयो त्यो पनि सम्झिनुपर्छ । अहिलेकाे राष्ट्रपति विद्यादेवी भण्डारी सर्वसम्मत चुनिनुभएको होइन, हाम्रो अपेक्षा सर्वसम्मत चुनिनुपर्छ भन्ने थियो । यसको हेक्का हुनुपर्छ, कसको कारणले भएन, त्यो बेला नै सर्वसम्मत हुनुपर्दथ्यो ।’

सांसद भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिने कांग्रेसलगायत सबै दलले मुटुबाट विश्वासको मत दिएको भए सभामुख उम्मेदवार देवराज घिमिरेलाई पनि मत दिएर निर्वाचित गर्न आग्रह गर्नुभयो । सभामुख उम्मेदवार घिमिरे सबै किसिमले सभामुख बन्नका लागि योग्य पात्र रहेको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया