वालिङमा फुटबल भइरहेको मैदानमा एक्कासी हेलिकप्टर अवतरण गरेपछि तनाव

 माघ ५, २०७९ बिहीबार १६:१९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर

काठमाण्डाै – स्याङ्जाको वालिङमा फुटबल प्रतियोगिता भइरहेको मैदानमा एक्कासी हेलिकप्टर अवतरण भएपछि तनाव भएको छ ।

वालिङ गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भइरहेको अवस्थामा एक्कासी प्रभु कम्पनीको हेलिकप्टर अवतरण भएको हो । धुलो उडाउँदै हेलिकप्टर अवतरण भएपछि खेल केहीबेर रोकिएको छ ।

खेल नै रोकिने गरी जानकारीविना हेलिकप्टर अवतरण गराएको भन्दै समर्थक र आयोजकले आक्रोश व्यक्त गरेका छन् । केही समर्थकले पाइलट र यात्रुलाई हातपात गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीको सुरक्षापछि केहीबेरमा हेलिकप्टर उडेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले उज्यालोलाई जानकारी दिनुभयो । 

तस्बिर : रुटिन अफ वालिङ बन्दकाे फेसबुकबाट

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया