खाेटाङमा शृङ्खलाबद्ध चोरीमा संलग्न ३ जना पक्राउ

 माघ ५, २०७९ बिहीबार १९:२४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

खोटाङ – खोटाङमा शृङ्खलाबद्ध चोरीमा संलग्न तीन जना पक्राउ परेका छन् । दुई वटा घरबाट नगद, सुन, चाँदी, पुरानो सिक्का लगायतका सामान चोरीमा संलग्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १९ वर्षीय कृष्ण विक, ३९ वर्षीय पर्शुराम विक र दिक्तेल–४ खाल्लेका २२ वर्षीय इन्द्रबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । 

अभियुक्तहरूमाथि गएकाे मङ्सिर १३ गते दिक्तेल–५ लफ्याङका देवराज घिमिरेको घरबाट पाँच लाख ७१ हजार रुपैयाँ बराबरको सामान र मङ्सिर २० गते दिक्तेल–२ सोल्माकी शान्ता राईको घरबाट तीन लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको अभियोग छ ।

घिमिरे र राईको घरमा चोरी भएपछि दोषीको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीका अधारमा अनुसन्धान गर्दा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक पर्शुराम राईले जानकारी दिनुभयो । अभियुक्तविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया