एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - चितवनमा दुई वटा गैँडा मारिएको अवस्थामा भेटिएका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । एउटा झण्डै चार वर्षको बच्चा गैँडा र अर्को झण्डै १४ वर्षको माउ गैँडा मारिएको अवस्थामा भेटिएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर २ सेहरी नजिकै नारायणी नदीको भङ्गालोमा दुईवटा गैँडा मरेको अवस्थामा भेटिएको उहाँले बताउनुभयो । बच्चा गैँडा विद्युतीय धरापमा परेको पाइएको र माउ गैँडाको खाग काटेर लगेको अवस्थामा भेटिएकाले दुवै गैँडा चोरी सिकारीले मारेको हुनसक्ने निकुञ्जले जनाएको छ ।
घटनाका बारेमा अनुसन्धान सुरु गरिएको निकुञ्जले जनाएको छ । योसहित गएको साउनपछि चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा १० वटा गैँडा मरेका निकुञ्जको तथ्याङ्क छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।