कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ ।
काठमाण्डौको भद्रकालीमा रहेको जङ्गीअड्डामा हिजोदेखि सुरु भएको फोटो तथा युनिट विशेष प्रदर्शनीको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो । सेना दिवसको अवसरमा सुरु भएको प्रदर्शनी पर्सि सोमवारसम्म चल्ने र सबैले अवलोकन गर्न सक्ने सेनाले जनाएको छ ।
प्रदर्शनीमा सेनाका विभिन्न युनिटहरुले आफ्ना हतियार, बख्तरबन्द गाडी र उद्धारमा प्रयोग हुने सामग्री अवलोकन गर्न सकिनेछ । प्रदर्शनीमा ऐतिहासिक हातहतियार तथा उपकरणहरु, सैनिक पोसाक, सैनिक ब्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयहरु लगायतको विविध सामग्री तथा फोटोहरु पनि राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।