धनुषामा पेस्ताेलसहित एक जना पक्राउ

 माघ १४, २०७९ शनिबार १०:५०:११ | सुजीत झा
unn.prixa.net

धनुषा - धनुषामा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर–७ का २८ वर्षीय रोशन महतो रहेका मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले मिथिला नगरपालिका–२ नकटाझिझ चोकबाट उनलाई पक्राउ गरेकाे हाे ।  महतोलाई चेकजाँच गर्दा माउजर पेस्तोल ‍एक थान, गोली दुई राउण्ड लोड गरिएको र एक थान म्याग्जीन बरामद गरिएकाे प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो ।

पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएकाे छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया