अनावश्यक हर्न बजाउने ५२ जना चालकलाई कारबाही

 माघ १७, २०७९ मंगलबार १८:२१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँमा गरिएको विशेष चेकिङको क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ जना चालक कारबाहीमा परेका छन् । 

आज मङ्गलवार ट्राफिक प्रहरीले गरेकाे विशेष चेकिङका क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ जना चालक कारबाहीमा परेका हुन् । २०७४ वैशाख १ गतेदेखि नै काठमाण्डौ उपत्यकामा हर्न निषेध गरिए पनि पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता दिँदै आएको छ । 

ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गइ हृदयघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई यसको असर बढी हुने भएकाले अत्यावश्यक अवस्थाबाहेक हर्न नबजाउन प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चालकलाई अनुरोध गर्नुभएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया