पाँच वर्षमा सुदूरपश्चिमले एउटा केन्द्रीय याेजना पनि पाउन सकेन : सांसद बलायर

 माघ १८, २०७९ बुधबार १६:४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको भोकाधिकारसमेत नदिएको भन्दै सरकारको चर्काे आलोचना गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका सांसद बलायरले जङ्गलमा तय गरिएको सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको पूर्वाधार निर्माणका लागि डीपीआरसमेत किन तयार नगरेको भनी सङ्घीय सरकारलाई प्रश्नसमेत गर्नुभयो । उहाँले सङ्घीय सरकारले विगत पाँच वर्षमा सुदूरपश्चिममा एउटा केन्द्रीय योजना पनि नपारेको उल्लेख गर्दै आपत्ति जनाउनुभयो । 

सांसद बलायरले भन्नुभयो, ‘सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा अहिलेसम्म पूर्वाधारको व्यवस्था हुन सकेको छैन । प्रदेशकाे राजधानी गोदावरीमा सङ्घीय सरकारबाट किन भाेकाधिकार राेकियाे ? किन अहिलेसम्म सीमाङ्कन हुन सकेन ? किन डीपीआर हुन सकेन ? प्रदेश सरकारको सामर्थ्यबाट राजधानी बन्न सक्ने अवस्था छैन । सङ्घीय र र प्रदेश सरकारले राजधानी निर्माण गर्ने कुरामा सोच पुर्‍याएन भने हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कुन चरणमा छौँ ? पाँच वर्षको समयसम्म राष्ट्रिय गौरवको आयोजना सुदूरपश्चिमले पाउने कुरा त परै जाओस्, कुनै एउटा केन्द्रीय योजना पनि पाउन सकेन ।’

सांसद बलायरले अर्बाैँ रुपैयाँ लगानी गरेर बनाइएको गेटा मेडिकल कजेज सञ्चालनका लागि ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया