गृह मन्त्री नियुक्तिमा ढिलाइ गर्न हुँदैन : सांसद गैरे

 माघ १८, २०७९ बुधबार १९:५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्री नियुक्तिमा ढिलाइ गर्न नहुने बताउनुभएको छ । सत्तारूढ दलहरूसँग समझदारी गरेर प्रधानमन्त्रीले गृह मन्त्री नियुक्त गर्नुपर्ने उहाँको भनाइ छ ।

बुधवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद गैरेले सत्तारूढ दलहरूबीचको सहमतिमा गृह मन्त्रालय कुन पार्टीले पाउने भन्ने विषय निर्धारण हुनेसमेत बताउनुभयो । उहाँले भन्नु भयो, ‘नयाँ गृह मन्त्री प्रधानमन्त्रीले छिट्टै नियुक्त गर्नु हुन्छ । हिजो सहमति हुँदा जति पटक मन्त्रीमण्डल परिवर्तन भए पनि गृह मन्त्रालय सम्बन्धित पार्टीकै हुनेछ भन्ने सहमति भएको हो वा होइन भन्ने कुरा आज खुलेको वा स्पष्ट भएको अवस्था छैन । तर पनि यो सरकार सञ्चालनमा संलग्न भएका दलहरूबीचमा, नेताहरूको बीचमा छलफल भएर समझदारीका साथ नै गृह मन्त्रालय कुन पार्टीले पाउने, कसले पाउने भन्ने कुराको निर्धारण हुन्छ ।’

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवम् गृह मन्त्रीको पद गुमाउनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया