मधेस प्रदेश : मन्त्रीद्वारा शपथ ग्रहण, माओवादी सरकारमा सहभागी भएन

 माघ २०, २०७९ शुक्रबार १८:२८:३८ | सुजीत झा
unn.prixa.net

धनुषा -  मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीले शपथ ग्रहण गरेका हुन् । 

‍शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादव, सामाजिक विकास मन्त्री सुरिता कुमारी साह, गृहमन्त्री शत्रुधन प्रसाद सिंह, खानेपानीमन्त्री सिंहासिन साह कलवार, कानुनमन्त्री राजकुमार लेखी, महिला बालबालिका मन्त्री मोहम्मद जयद आलमले शपथ ग्रहण गरेका हुन् । 

यस्तै शेख अब्दुल आलम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चार राज्य मन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेका हुन् । यसअघि भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा सरोजकुमार यादव, अर्थमन्त्रीमा सञ्जयकुमार यादव र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वसन्त कुशवाहाले कार्यभार सम्हालिसकेका छन् । 

भागबन्डा नमिलेपछि नेकपा माओवादी केन्द्र भने सरकारमा सहभागी भएन । दुईवटा मन्त्रालय मागेको माओवादी केन्द्र माग पूरा नभएपछि सरकारमा सहभागी नभएकाे हाे ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया