सर्लाहीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे
चैत १६, २०७९ बिहिबार
धनुषा – मधेश प्रदेशको नामाकरण भएको एक वर्ष हुँदा पनि प्रदेश सरकारका सरकारी कार्यालयमा अहिले पनि प्रदेश २ नै लेख्ने गरिएको छ ।
लेटर-प्याडमा मधेश प्रदेशको सट्टा प्रदेश २ नै उल्लेख छ । मधेश प्रदेशको मन्त्रीमण्डलको विस्तारसम्बन्धि जानकारी प्रदेश प्रमुख कार्यालयले गराएको विज्ञप्तिमा प्रदेश २ लेखिएको छ ।
यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले सपथपछि पहिलो निर्णय गरेको आदेशमा पनि प्रदेश २ नै लेखिएको थियो । नयाँ लेटरप्याड नछपाएको कारण यस्तो भएको प्रदेश प्रमुख हरिशंकर मिश्रले बताउनुभएको छ ।
वि.स २०७८ माघ ३ गते ‘प्रदेश नम्बर–२’ को नाम ‘मधेस प्रदेश’ कायम गरिएको थियो ।
सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।
मेघ राज दाहाल
Feb. 4, 2023, 9:24 p.m.सरकारी कार्यालय संगसँगै, मधेष प्रदेसका विभिन्न जिल्लाका पालिका स्तर साथै जिल्ला स्तरमा सञ्चालित राष्ट्रिय परिचय-पत्रको विवरण दर्ता गर्ने सफ्टवेर समेत राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सच्याउन ध्यान नदिँदा समस्या भएको छ । फारम भर्दा मधेष प्रदेश भरेपनि भरपाई प्रिन्ट गरेर दिँदा सफ्टवेयरमा परिवर्तन नगर्दा बाध्य भएर प्रदेश २ लेखिएको भरपाई दिनुपर्छ ।