कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्नु नै गलत : ओली

 माघ २२, २०७९ आइतबार १५:२६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर ढोक्सा थाप्नु नै गलत भएको बताउनुभएको छ ।

आइतवार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले संसद्जस्तो सार्वजनिक पदमा भने राष्ट्रिय सहमति नगर्नुले कांग्रेसले ढोक्सा थापेर अहिलेको गठबन्धनलाई तोड्ने काममा लागिपरेको बताउनुभयो । कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत राष्ट्रपतिको चुनावमा समस्या खडा गर्नु रहेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन । मैले त्यति बेलै भनेको थिएँ– मतदानमात्रै गरेको भए त ठिकै हो । ढोक्सा थापेको हो भने गल्ती हो । ढोक्सा बेलुका थापिन्छ । अँध्यारोमा माछा पार्न खोजिन्छ ढोक्सामा । बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फेरि घर फर्क्यो । सरकारलाई दिएको विश्वासको मतलाई राष्ट्रपति र सभामुखको चुनावमा किचलो खडा गर्ने कांग्रेसको रणनीति देखिन्छ ।’

अध्यक्ष ओलीले नेपाली कांग्रेस पुनः सरकारमा आउनका लागि बल गरिरहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया