रास्वपाका मन्त्रीले बुझाए राजीनामा

 माघ २२, २०७९ आइतबार २०:१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटार पुगेर रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले राजीनामा बुझाएका हुन् ।

यसअघि आजै दिउँसाे बसेको रास्वपाकाे केन्द्रीय समिति र संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वकाे सरकारलाई दिएकाे समर्थन कायम गर्दै पार्टीकाे तर्फबाट सहभागी मन्त्रीलाई फिर्ता बाेलाउने निर्णय गरेकाे थियाे । त्यसलगत्तै रास्वपाका तीन मन्त्रीले राजीनामा बुझाएका हुन् ।

सरकारमा उपप्रधान एवम् गृह मन्त्री रहनुभएका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतको फैसलासँगै खारेज भइसकेको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

1 Comments

  • Roshan rai

    Feb. 6, 2023, 12:01 a.m.

    ल ठिक छ अब एक्लै देखाउन पर्छ। जनताले चिनी सके को कस्तो छ भनेर

  •  0 Reply

तपाईको प्रतिक्रिया